नियम ११
विदेशी विद्यार्थीका लागि सिट निर्धारण
(१) सार्वजनिक शिक्षण संस्थाले स्नातक तहको कूल सिटको पचहत्तर प्रतिशत सिट ऐनको दफा १७ को उपदफा (७) बमोजिम छात्रवृत्तिका लागि छुट्याई बाँकी रहेको पच्चीस प्रतिशत सिटलाई शतप्रतिशत कायम गरी त्यसको एक तिहाई सिट विदेशी विद्यार्थीको लागि छुट्याउनु पर्नेछ।

(२) ऐनको दफा १७ को उपदफा (४) बमोजिम नेपाल सरकारलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने शिक्षण संस्थाले कुल सिट सङ्ख्याको एक तिहाई सिटसम्म र ऐनको दफा १७ को उपदफा (६) बमोजिम नेपाल सरकारलाई बीस प्रतिशत निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने स्वदेशी शिक्षण संस्थाले कुल सिट सङ्ख्याको पचास प्रतिशतसम्म सिट विदेशी विद्यार्थीको लागि छुट्याउन सक्नेछ।

(३) ऐन तथा यस नियमावली बमोजिम नेपाली विद्यार्थीको लागि छुट्याईएको सिटमा नेपाली विद्यार्थी भर्ना नभएमा त्यस्तो सिटमा विदेशी विद्यार्थी भर्ना गर्न सकिनेछ।